आज बिहान उपचारका क्रममा कलाकार धनबहादुरको निधन

   १२ माघ २०७७, सोमबार ११:२४  

 

१२ माघ, रौतहट । सोमबार बिहान धनबहादुर गायकको निधन भएको छ ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा आज बिहान गायकको निधन भएको हो ।

उच्च रक्तचापका कारण स्वास्थ्यमा समस्या भइपछि उनलाई केही दिनदेखि अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको थियो । पोखराको बाटुलेचौर निवासी गायक संगीत शिक्षक समेत उनी थिए ।

उनका यो दाजुको मिर्मिरे आँखा, फूल माया नभुल, बेली र चमेली लगायतका गीतहरु चर्चित छन् । गायककै सक्रियतामा बाटुले चौरमा ‘झलकमान गन्धर्व सारङ्गी पाठशाला’ समेत खुलेको थियो ।