नेपालका दशगजामा, भारतीय नागरिकका गाईभैंसी बाध्ने थलो
असार २६, रौतहट । नेपाल भारत सीमा खुला छ । दुई देश छुट्याउन दशगजा राखेर सीमा स्तम्भ निर्माण गरिएको छ । दशजगा क्षेत्र खाली राख्ने दुवै देशको समझदारी छ । तर मोरङको सीमावर्ती क्षेत्रमा भने भारतीय नागरिकले दशगजालाई गाइभैंसी बाध्ने थलो बनाएका छन् ।
विराटनगर १६ दरैया बस्तीसँगै रहेको दशजगामा भारतीय नागरिकले गाइभैंसी बाध्ने गर्छन् । बस्तुका लागि घाँस काट्न भारतीयहरु बेलाबेला नेपाल पनि आउने गर्छन् ।
दशजगा क्षेत्रमा कुनै संरचना निर्माण गर्न नदिने र भएका संरचना हटाउने दुवै देशका सुरक्षा अधिकारीले सहमति गरेका छन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलका अनुसार दशजगाको केही स्थानमा नेपाल र केही स्थानमा भारतीय नागरिक बसोबास छ । दशजगा खाली गराउन दुवैै देशका सुरक्षा अधिकारी तयार छन् । तर कार्यान्यन भने भएको छैन् ।
‘दशगजा र अन्य विषयमा भारतीय पक्षसँग छलफल गर्न जेठ ४ गते समय तोकिएको थियो,’ प्रमुख जिल्ला अधिकारी भुजेलले भने, ‘तर कोरोना महामारीका कारण बैठक स्थगित भयो ।’ अनौपचारिक छलफलहरुमा पनि दशगजा क्षेत्र खाली गर्ने विषयमा समस्या नरहेको उनले बताए ।