वीरगञ्जमा ११ वर्षीया बालिका बलात्कृत, आरोपी पक्राउ

   ११ माघ २०७७, आईतवार १०:५४  

११ माघ, रौतहट । वीरगञ्जमा महानगरपालिकाबाट आफ्नै साथीको छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतीय नागरिक नेहाल मियाँलाई पक्राउ गरेको छ ।

वीरगञ्ज १ छपकैयामा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्दा बालिका चिच्याएपछि उनका बुवाले थाहा पाएको प्रहरीले जनाएको हो ।

मियाँविरुद्ध आइतबार पर्सा जिल्ला अदालतमा जर्बजस्ती करणी मुद्दामा म्याद थप गर्ने तयारी प्रहरीले गरिरहेको छ । घटनापछि फरार मियाँलाई प्रहरीले पक्राउ गरेर यसबारे थप अनुसन्धान सुरु भइरसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोजीत कुँवरले जानकारी दिए ।

बालिकाका बुवा र नेहाल साथी नै रहेको समेत प्रहरीले जनाएको छ । कोठा खोज्न आएका नेहाल साथीको घरमा पाहुना भएर बसेका थिए । सोही क्रममा शनिबार बिहान बालिकालाई जर्बजस्ती करणी गरेको प्रहरीले जानकारी दिए ।

बालिकाको स्वास्थ्य जाँच गराउँदा चिकित्सकले करणी नै भएको प्रारम्भिक जानकारी दिएका समेत प्रहरीले जनाएको छ ।