शुक्रबार सुनचाँदीको भाउमा गिरावट
द नेपाल मिडिया
९ माघ २०७७, शुक्रबार ११:२६
९ माघ, रौतहट । नेपाली बजारमा साताको अन्तिम दिन सुनको भाउमा सामान्य गिरावट भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छपावाल सुनको आज प्रतितोलामा ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको हो ।
यस्त,ै तेजावी सुन तोलामा ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसैबीच, चाँदीको मूल्य पनि शुक्रबार घटेर छ ।
हिजो तोलामा १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज घटेर प्रतितोलामा १ हजार २ सय ६० रुपैयाँ कायम भएको छ ।






