सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

   ८ माघ २०७७, बिहीबार १२:१४  

८ माघ, रौतहट । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबर भएको छापावाल सुनको मूल्य वृद्धि भएर प्रतितोलामा ९३ हजार १ सय रुपैयाँ कायम भएको हो ।

यस्तै हिजो तोलामा ९२ हजार रुपैयाँ कायम भएको तेजावी सुनको कारोबार आज प्रतितोलामा ९२ हजार ६ सय रुपैयाँमा भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य १५ रुपैयाँ तोलामा वृद्धि भएर १ हजार २ सय ७५ रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा बिक्री भएको थियो ।