चीनबाट आएको मल नेपालमा निर्यात गर्ने बंगलादेश

   ८ माघ २०७७, बिहीबार ११:२६  

८ माघ, रौतहट । चीनबाट रासायानिक मल ल्याएर बंगलादेशले नेपालमा निर्यात गर्ने भएको छ ।

चीनबाट आएको २९ हजार ५ सय टन मल बंगलादेशले प्याकेजिङ गरेर निर्यात गरिने न्युजएजको अनलाइन संस्करणमा छापिएको एक समाचारमा उल्लेख गरिएको हो ।

यसरी नेपालमा मल पठाउनका लागि बंगलादेशको राष्ट्रिय राजश्व बोर्डले पुनःनिर्यातको अनुमति दिइसकेको छ । यसमा बंगलादेशमा १० प्रतिशत मूल्यअभिबृद्धि हुने बताइएको छ ।

बोर्डले दिएको अनुमतिअनुसार चीनबाट रेलमार्ग हुँदै ल्याएको मल बंगलादेशमा उत्पादन भएका ब्याग (बोरा)मा प्याक गरेर पठाइने छ ।

नेपाल पठाउने मलमध्ये १२ हजार ३ सय टन मल चीनबाट बंगलादेश पुगिसकेको छ । बाँकी १७ हजार २ सय टन भने आउने क्रममा छ ।