भक्तपुरबाट घरेलु हिंसाको आरोपमा इन्जिनियर पक्राउ

   ७ माघ २०७७, बुधबार १३:४९  

७ माघ, रौतहट । भक्तपुरबाट घरेलु हिंसाको आरोपमा प्रहरीले एक इन्जिनियरलाई पक्राउ गरेको छ ।

कलेजको प्राध्यापन पेसामा संलग्न भक्तपुरका इन्जिनियर बसन्त पञ्चलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको हो ।

बसन्त पञ्चसँंग एक वर्ष अगाडि सामाजिक परम्परा अनुसार मागी विवाह भएकोमा बसन्तले पछिल्लो समयमा आफूसंग अनावश्यक कुराहरुमा झैझगडा गर्ने, हातपात गर्ने, मानसिक तथा शारीरिक यातान दिई सताइराखेको भन्दै श्रीमतीले उजुरी दिएपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको हो ।

श्रीमानको यातना खप्न नसरी आफू विगत पाँंच ६ महिनादेखि माइतमा बस्न परेको भन्दै श्रीमतीले प्रहरीमा उजुरी हालेकी थिइन् ।