बुधबार पनि सुनचाँदीको मूल्य वृद्धि

   ७ माघ २०७७, बुधबार १३:०१  

 

७ माघ, रौतहट । नेपाली बजारमा सुनचाँदीको भाउ बुधबार पनि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको भाउ आज ९२ हजार ५ सय रुपैयाँ तोकिएको हो ।

यस्तै, हिजो ९१ हजार रुपैयाँ कायम भएको तेजावी सुनको कारोबार आज प्रतितोला ९२ हजार रुपैयाँमा भइरहेको महासंघले जानकारी दिए ।

त्यसैगरी, मंगलबार १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर आज १ हजार २ सय ६० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।