ललितपुरमा ४० हजार घुससहित मालपोतका नासु अख्तियारको नियन्त्रणमा

   ७ माघ २०७७, बुधबार ११:५८  

७ माघ, रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुरका नायब सुब्बालाई ४० हजार घुससहित पक्राउ गरेको छ ।

४० हजार घुससहित पक्राउ पर्नेमा मालपोत कार्यालयका सुब्बा मन्दिप कुमार श्रेष्ठ रहेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा श्रेष्ठ र लेखापढी व्यवसायसमेतको काम गर्ने रमेशलाल श्रेष्ठ सेवाग्राहीसँग घुस लिएको अवस्थामा नै पक्राउ गरिएको छ ।

जग्गा हालसाविकको क्रममा ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउनको लागि अतिरिक्त रकम माग गरिरहेको अवस्थामा उनीहरु पक्राउ परेको अख्तियारका सहप्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।