हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

   ७ माघ २०७७, बुधबार ११:०१  

७ माघ, रौतहट । मोरङमा जंगली हात्तीले आक्रामणबाट एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको सुन्दरहरैंचा नगरपालिका १० सुकुना सामुदायिक वनमा मंगलबार बिहान हात्तीको आक्रमणबाट स्थानीय ३२ वर्षीया सीता पराजुलीको मृत्यु भएको प्रहरीले जनाएको हो ।

जंगलमा घाँस दाउरा काट गएकी पराजुलीलाई हिजो बिहान करिब १०ः१५ बजेको समयमा हात्तीले आक्रमण गरेको थियो ।

आक्रमणबाट घाइते उनको उपचारको क्रममा कोसी अञ्चल अस्पताल विराटनगरमा आज मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।