मंगलबार सुनचाँदीको मूल्य बढ्यो

   ६ माघ २०७७, मंगलवार १२:३०  

६ माघ, रौतहट । नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बढेर आज तोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको हो ।

यस्तै, मंगलबार तेजावी सुनको भाउ प्रतितोलामा ९१ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । महासंघका अनुसार हिजो तेजावी सुनको कारोबार तोलामा ९१ हजार १ सय रुपैयाँमा भएको थियो ।

त्यसैगरी, सोमबार स्थिर रहेको चाँदीको मूल्य मंगलबार बढेको छ ।

हिजा तोलामा १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज बढेर प्रतितोलामा १ हजार २ सय ४५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।