विद्युत प्राधिकरणका एक कर्मचारीलाई ५ हजार घुस सहित अख्तियारको नियन्त्रणमा
६ माघ, रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच हजार खुस लिई भ्रष्टाचार गरेको आरोपमा नेपाल विद्युत प्राधिकरण, तनहुँ वितरण केन्द्रको आँबु प्रशाखामा कार्यरत कर्मचारीलाई नियन्त्रण्मा लिएको छ ।
सेवाग्राहीको काम गरिदिए वापत गैरकानूनी रुपमा घुस लिइसकेको अवस्थामा कृष्ण आलेलाई आयोगको पोखराबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको हो।
आलेले पोल तथा तारहरु मर्मत गरी दिएवापत नियमानुसार बुझाउनुपर्ने रकम बाहेकको ५ हजार घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको हो । आलेविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।