सुनको मूल्यमा सामान्य गिरावट; चाँदी स्थिर
द नेपाल मिडिया
५ माघ २०७७, सोमबार १२:१४
५ माघ, रौतहट । नेपाली बजारमा आज पनि सुनको मूल्यमा सामान्य गिरावट भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा २ सय रुपैयाँ घटेर आज प्रतितोलामा ९१ हजार ६ सय रुपैयाँ कायम भएको हो ।
त्यसैगरी, महासंघका अनुसार सोमबार तेजाबी सुनको कारोबार प्रतितोलामा ९१ हजार १ सय रूपैयाँमा भइरहेको छ ।
यसैबीच, हिजो प्रतितोला ३० रूपैयाँले घटेर १ हजार २ सय ३० रूपैयाँमा कारोबार भएको चाँदीको भाउ आज स्थिर नै रहेको महासंघले जनाएको छ ।