टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु; एक घाइते

   ५ माघ २०७७, सोमबार १०:३९  

५ माघ, रौतहट । सोलुखुम्बुमा भएको टिपर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

जिल्लाको सोलुदूधकुण्ड नगरपालिका ११ बरडाँडा र नेचासल्यान गाउँपालिकाको सीमानाको महादेव भीरमा भएको गाडी दुर्घटना हुँदा मृत्यु हुनेमा सप्तरीका १९ बर्षिय कृष्ण चौधरी, हेटौडाका अन्दाजी २३ बर्षका रामकुमार मगर र ३३ बर्षिय चालक कमल मगर रहेको प्रहरीले जनाएको हो ।

तर, प्रहरीले दिएका जानकारी अनुसार हाल चालक मगरको ठेगाना खुलेको छैन् ।

बा ४ ख ७९८० नम्बरको टिपर आइतबार गए राती करिब ११ः३० बजेको समयमा दुर्घटना भएको थियो । दुर्घटनामा हेटौडाका २३ बर्षिय रमेश मगर गम्भिर घाइते हुनु भएको छ ।

उहाँलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ । जीप सडकबाट करिब ३ सय मिटर तल खसेको स्थानीय दिपेन्द्र पराजुलीले जानकारी दिनुभयो ।