सुनचाँदीको मूल्यमा सामान्य गिरावट
द नेपाल मिडिया
४ माघ २०७७, आईतवार १२:५४
४ पुस, रौतहट । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोलामा ७ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ९१ हजार ८ सय रुपैयाँ कायम भएको हो ।
यस्तै, माद्द २ गते (शुक्रबार) प्रतितोलामा ९२ हजार रुपैयाँ तोकिएको तेजावी सुनको मूल्य घटेर आज तोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाए ।
यस्तै आज चाँदीको मूल्यमा पनि ३० रुपैयाँले गिरावट आएको छ । अघिल्लो दिनमा १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १ हजार २ सय ३० रुपैयाँ तोकिएको छ ।