शीतलहरका कारण ३ दिन विद्यालय बिदा

   ४ माघ २०७७, आईतवार १२:००  

४ माघ, रौतहट । रौतहटको गरुडा नगरपालिकाका सबै सामूदायिक विद्यालय शीतलहरका कारण तीन दिनका लागि बन्द गर्ने निर्णय भएको छ ।

एक सातादेखि चलेको शीतलहरका कारण गरुडा नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै अत्यधिक चिसोको कारण बालबालिकामा कोरोना भाइरस (कोभिड १९) को थप जोखिम बढेकाले आजदेखि मंसिर ६ गते (मंगलबार)सम्म सबै सामुदायिक विद्यालय बन्द गरिएको हो । sharethis sharing button