रौतहटमा संसद विघटन विरुद्ध आज कांग्रेसको प्रदर्शन

   ३ माघ २०७७, शनिबार १५:४९  

 

३ माघ, रौतहट । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद विघटन विरुद्ध आज रौतहटमा विरोध प्रदर्शन गरेको छ ।

जिल्लाको सदरमुकाम गौरमा शनिबार प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै कांग्रेसले विरोध प्रदर्शन गरेको हो ।

कांग्रेसले आज गौरको बीपी चौक, भन्सार, महादेवपट्टी हुँदै सवगढासम्म मोटरसाइकल रैली जुलुस प्रदर्शन गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गते पुस ५ गते (आइतबार) गरेको संसद विघट असंवैधानिक रहेको भन्दै शनिबार देशभर कांग्रेसले जुलुस प्रदर्शन गरेको छ ।