दाङमा माछापालन व्यवसाय बढ्दैँ

   ३ माघ २०७७, शनिबार १३:५४  

३ माघ, रौतहट । दाङमा माछापालन व्यवसाय बढ्दैँ गएको छ ।

पहिलेको समयमा प्राकृतिक पोखरी, नदी र खोलामा पालिने माछा अब दाङमा व्यवसायिकरुपमा पाल्न थालिएको हो ।

माछा उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि, माछापालन व्यवसायमा नै कृषकको आकर्षण बढ्दै गएको छ ।

जिल्लामा केही वर्ष अगाडिसम्म केही किसानले मात्रै माछापालन गर्दै आएको भए पनि अहिले व्यावसायिकरूपमै माछापालन गर्नेको सङ्ख्या बढ्दै गएको छ ।

माछापालनका लागि दाङमा उपयुक्त माटो र हावापानीले साथ दिएकाले यसतर्फ युवाको आकर्षण बढेको हो ।

जिल्लामा हुने माछा उत्पादनले यहाँको माग धान्न सकेको छैन । करीब ७५० मेट्रिक टन माछाको आवश्यकता छ । हाल वर्षिक ५९५ टन माछा उत्पादन हुँदै आएको छ । बाँकी आवश्यक माछा भारतबाट ल्याउने गरिएको छ ।