कास्की, म्याग्दी, र लम्जुङमा पहिरो, जनधनको ठूलो क्षति
असार २६, रौतहट । कास्की, म्याग्दी र लम्जुङमा पहिरोआउँदा जनधनका ठुलो क्षति भएको छ ।
पोखरामा १८ मा पहिरोले घर भत्कीदा एकै परिवारका तिन जनाको ज्यान गएको छ । घर भत्कीदा स्थानिय दुर्गाबहादुर सुनारको मृत्यु भएको छ भने पोखरा १८ कै टंकबहादुर थापाको पनि घर पहिरोमा परेको छ । पहिरोका कारण थापासहित उनकी श्रीमती सोममाया थापा, दुई नाती र छिमेकी इशीका थापाको समेतको ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।
त्यस्तै पोखरा २५, हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पर्दा उनका आमा हिमकला अधिकारीले ज्यान गुमाएकी छिन् भने, म्याग्दीका धौलागिरि, मालिका र मँगला गाउँपालिमा पहिरो जादाँ ३२ जना हराईरहेका छन ।
धौलागिरिकै ताकममा पहिरोका कारण २ जनाले ज्यान गुमाएका छन्, भने मालिका गाउँपालिका मा पनि ८ जना हराइरहेको खबर आएको छ, त्यस्तै मँगला गाउँपालिकामा समेत गरी ३२ जना बेपत्ता भएको म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजङ् कुँवरले बताए ।
लम्जुङमा गएराति करिब ११ बजे ढुगासहितको पहिरोले एकै परिवारका तीनजना ज्यानको मृत्यु भएको छ । बेसिशहर नगरपालिका वडा न. ७ सातबिसे भन्ने स्थानमा पहिरोबाट घर पुरिदाँ एकै परिवारका तीन दीपक तामाङ, उनकी श्रीमती र छोराले ज्यान गुमाएका हुन्, भने अन्य चार जना सामान्य घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय लम्जुङका अनुसार पहिरोमा पुरिएको अवस्थामा उनीहरुलाई उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । दीपककी आमा, बुवा र छोरी भने आफन्तको घरमा गएकाले सकुशल छन ।
साथै लम्जुङ गाउपालिका वडा न. ३ का तुलबहादुर गुरुड.का पनि घर पहिरोमा पुरिदा तुलबहादुरकी बुहारी र एक जना बच्चा घाइते भएका छन् र उनीहरुका स्थानीय स्वास्थ्य स्ाँस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय लम्जुङ ले जनाएको छ ।
ठाउँ ठाउँमा पहिरो खसेका कारण बाटो अबरोध भएकाले उद्दारमा जानसमेत कठिन भएको छ । घाइतेहरुका उद्दारमा बिपत ब्यवस्थापन टोली, सशस्त्र, सेना, प्रहरी र जनप्रतिनिधि खटिएका छन्, तर पहिरो छिचोल्न समस्या परेको उद्दारमा खटिएका एक जनप्रतिनिधिले बताए ।