एक साताभित्र कक्षा १२ को नतिजा सार्वजनिक हुदैँ

   २ माघ २०७७, शुक्रबार ११:५१  

२ माघ, रौतहट । कक्षा १२ को परीक्षाफल एक साताभित्र नै प्रकाशित हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा एक सातामा नै प्रकाशित गर्ने गरि काम थालेको हो ।

बोर्डका अनुसार नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको छ । विद्यालयबाट प्राप्त नतिजाको डाटा इन्ट्री गरेर रुजुको काम भइरहेको बताइएको छ ।