अन्तर बैंक एटीएम कारोबार गर्दा शुल्क लाग्ने

   १ माघ २०७७, बिहीबार १३:४०  

१ माघ, रौतहट । आज देखि बैंक तथा वित्तीय संस्थाका ग्राहकले अन्तर बैंक एटीएम कारोबार गर्दा शुल्क लाग्ने भएको छ ।

पुस २२ गते बुधबार नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै अन्तर बैंक एटीएम कारोबार गर्दा शुल्क लाग्ने व्यवस्था गरेको हो । उक्त निर्देशन अनुसार बैंकहरुले माघ १ गते देखि अन्तर बैंक एटीएम कारोबारमा शुल्क लिन पाउने छन् ।

कोरोना भाइरसका कारण ग्राहकको सहजीकरणका लागि  निःशुल्क अन्तर बैंक एटीएम कारोबार गर्ने व्यवस्था गरिको थियो अधपि करिब १० महिना पछि पुनः शुल्क लाग्ने व्यवस्था गरेको छ ।

एक बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटीएम कार्ड अन्य बैंक तथा वित्तीय संस्थाको एटीएम काउन्टरमा प्रयोग गर्दा मासिक २ वटा कारोबारमा शुल्क लाग्ने छैन । तर, मासिक २ कारोबार भन्दा धेरैमा प्रति कारोबार २० रुपैयाँका दरले तिर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।