सुनको मूल्य घट्यो, चाँदीको मूल्य वृद्धि

   १ माघ २०७७, बिहीबार १३:२५  

१ माघ, रौतहट । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी वयवसायी महासंघका अनुसार माघ महिनाको पहिलो दिन नै सुनको भाउ प्रतितोलामा ८ सय रुपैयाँ घटेको हो।

बुधबार तोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावा सुनको मूल्य आज प्रतितोलामा ९२ हजार १ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस्तै, हिजो ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज तोलामा ९१ हजार १ सय रुपैयाँ कायम भएको महासंघले जानकारी दिए ।

त्यस्तै, चाँदीको कारोबार आज प्रतितोलामा १ हजार २ सय ४५ रुपैयाँमा भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।