नेकपा स्थायी समिति बैठक एक साताका लागि स्थगित

   २६ असार २०७७, शुक्रबार ०५:५२  

असार २६, रौतहट । नेकपा स्थायी समिति बैठक एक साताका लागि स्थगित भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक एक साताका लागि स्थगित भएको जानकारी दिएका हुन् ।

देशभर भैरहेको वर्षा र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षति समेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टी पंत्तिलाई उद्धार एवं राहातमा जुट्न निर्देशन दिँदै बैठक स्थगित गरिएको श्रेष्ठले बताए ।

‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षति समेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंत्तिलाई उद्धार एवं राहतमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी के केन्द्रीय कार्यसमितिको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिनका लागि स्थगित गरिएको श्रेष्ट्रले जानकारी दिएका छन् ।

आन्तरिक विवादले यसअघि पनि स्थगित हुँदै आएको बैठक शुक्रबार बिहान ११ बजे बस्ने तय भएको थियो ।

असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने माग भएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको थियो ।

विवाद समाधान गर्न अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पटकपटक छलफल र मन माझामाझ भएपनि दुबै नेता आ–आफ्नै अडानबाट पछि हटेका छैनन् । यद्यपी नेताहरुबीच सहमतिको प्रयास भने जारी रहेको छ ।