सुनको मूल्यमा १ सय रुपैयाँ वृद्धि, चाँदीको कति

   २९ पुष २०७७, बुधबार १३:३२  

 

२९ पुस, रौतहट । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोलामा ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आजको लागि ९२ हजार ९ सय तोकिएको हो ।

यस्तै, हिजो तोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको भाउ आज ९२ हजार ४ सय कायम भएको महासंघले जानकारी दिए ।

यसैबीच, मंगलबार प्रतितोलामा १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोलामा १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको छ ।