१०८ जना कोरोना संक्रमित थपिए, १३९ जना डिस्चार्ज
असार २५, रौतहट । बितेको २४ घण्टामा थप १०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा थप १०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । जसका काठमाडौंका ५ जना समेत रहेका छन् ।
योसहित कोरोना संक्रमितको कूल संख्या १६ हजार ५३१ पुगेको गौतमले बताए ।
यसैगरी बितेको २४ घण्टामा थप १३९ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या ७ हजार ८९१ जना पुगेको छ ।
२५ प्रयोगशालाबाट बितेको २४ घण्टामा थप ४ हजार ५८८ जनाको सीसीआर विधिबाट नमुना परीक्षण भएको छ । क्वारेन्टिनमा २४ हजार ४२५ जना रहेका छन्, भने आइसोलेशनमा ८ हजार ६०५ रहेका छन् ।