सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

   २८ पुष २०७७, मंगलवार १३:०८  

२८ पुस, रौतहट । नेपाली बजारमा आज सुनको भाउ प्रतितोलामा ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य आज तोलामा ९२ हजार ८ सय रुपैयाँ तोकिएको हो ।

यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको भाउ प्रतितोला ९२ हजार ३ सय रुपैयाँ सय कायम गरिएको छ ।

त्यस्तै, चाँदीको भाउ पनि तितोला २० रुपैयाँले बढेर हाज १ हजार २ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।