रौतहटमा आज २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदैँ
२७ पुस, रौतहट । रौतहटमा आज २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम आयोजन गरी मनाईएको छ ।
जिल्लाको सदरमुकाम गौर बी.पी. चौकमा कोण सभा आयोजित गरिएको थियो ।
बि.सं. १७७९ पौष २७ गते गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा जन्मिनुभएका पृथ्वीनारायण शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका विभिन्न राज्यहरुलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो ।
पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै सोमबार नेपाल राष्ट्रवादी समूह रौतहटका अध्यक्ष बिरेन्द्र कुमार गिरीको अध्यक्षतामा गौर बी.पी. चौकदेखि भन्सारसम्म जुलुस रैली गरिएको छ ।