आज प्रतितोलामा कति घट्यो सुनको मूल्य

   २७ पुष २०७७, सोमबार १२:०३  

२७ पुस, रौतहट । नेपाली बजारमा आज पनि सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन घटेर आज प्रतितोलामा ९२ हजार २ सय रुपैयाँ कायम भएको हो ।

यस्तै, हिजो तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य प्रतितोलामा ९१ हजार ७ सय रुपैयाँमा तोकिएको महासंघले जनाएको छ । त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ ।

आइतबार तोलामा १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य घटेर १ सय २ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।