को-को ६ सदस्य चुनिए; प्रभु बैंकको सञ्चालक

   २७ पुष २०७७, सोमबार ११:४९  

 

२७ पुस, रौतहट ।

प्रभु बैंकको पुस २६ गते आइतबार सम्पन्न १९ औं वार्षिक साधारण सभाले ६ सदस्यीय सञ्चालक समिति चयन गरेको छ ।

सभाले संस्थापक शेयरधनीको तर्फबाट रमेश सिंह खड्का, शंकर प्रसाद कालिकोटा, र रामेश्वर सापकोटा तथा सर्वसाधारण शेयरधनीको तर्फबाट ऋषिराम गौतम, नेपाल होल्डिङ्गको तर्फबाट अञ्जु अधिकारी र पाँच पोखरी एग्रिकल्चर प्रालिको तर्फबाट प्रमोदन घिमिरे निर्वाचित भएको बैंकको कम्पनी सचिव अमित भण्डारीले जानकारी दिए ।

सभाले बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२५ लाभांश समेत अनुमोदन गरेको छ ।

गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले पुस १० गतेदेखि शेयरधनी दर्ता किताब बन्द गरेको थियो। यसअनुसार बुकक्लोजको अघिल्लो दिनसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने शेयरधनीले मात्र लाभांश पाउनेछन् ।