प्रि-ओपनिङ्गमा ३२ लाखको कारोबार

   २६ पुष २०७७, आईतवार १२:५१  

 

२६ पुस, रौतहट । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपनिङ्ग सेसनमा ३० कम्पनीको ३२ लाख बढीको शेयर किनबेच भएको छ । यसअवधिमा नेप्से ६.९० अंकले बढेर २२०१.३८अंकमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ३० कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १९ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीको शेयरमूल्य घटेको छ । ५ कम्पनीको मूल्य स्थीर रहेको छ ।