संसद विघटनविरुद्ध आज जसपाले तीन शहरमा विरोध प्रदर्शन गर्दै

   २५ पुष २०७७, शनिबार १३:०५  

२५ पुस, रौतहट । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आज नेकपा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली गरेको संसद विघटनविरुद्ध तीन शहरमा विरोध सभाको आयोजना गर्ने भएको छ ।

प्रतिनिधिसभा विघटनकाविरुद्ध शनिवार धनगढी, विराटनगर र भैरहवामा आज जसपा नेपालले विरोध सभाको आयोजना गरेको छ । त्यसको वक्ता केन्द्रबाट नै खटिएको स्रोतले जानकारी दिए ।

धनगढीको सभाका लागि पार्टीका कार्यकारिणी सदस्यहरु नवराज सुवेदी, गोविन्द चौधरी भने विराटनगरको सभाका लागि पार्टी संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, पार्टीका अध्यक्ष उपेन्द्र यादव र कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह प्रमुख वक्ताको रुपमा विराटनगर पुगि सकेका छन, र दुर्गा सोव पनि मुख्य वक्ताको रुपमा त्यहाँ पुगिसकेका छन् ।