आज प्रचण्ड पत्नी दाहालसंगै स्वदेश फर्कंदै

   २५ पुष २०७७, शनिबार १२:२१  

२५ पुस, रौतहट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज नेपाल फर्कंदैछन् ।

यही पुस २० गते पत्नी सीता दाहालको उपचारका लागि भारत गएका प्रचण्ड ५ दिनपछि स्वदेश फर्कन लागेका प्रचण्डको सचिवालयले जानकारी दिए ।

सचिवालयका अनुसार शनिबार दिउँसो नेपाल वायुसेवा निगमको दिल्ली–काठमाडौं उडानबाट स्वदेश फर्कन लागेका हुन् ।

दाहालको अहिले मुम्बईकै न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्स्टिच्युटमा उपचार भइरहेको र स्वास्थ्यमा केही सुधार आएको प्रचण्डको सचिवालयले जनाएको छ ।