संसद विघटनविरुद्ध आज पनि काठमाडौँमा प्रदर्शन
२४ पुस, रौतहट । विवेकशील पार्टीले शुक्रबार पनि संसद विघटनविरुद्ध काठमाडौँको माइतीघर मण्डलामा ऐना बोकेर जुलुस प्रदर्शन गरेका छन् ।
आज संसद विघटनको विरोधमा विवेकशीलका कार्यकर्ताहरुले ‘असंवैधानिक संसद विघटन खारेज गर’ लेखिएको मूल ब्यानरमा प्रदर्शन गरेका हुन् ।
यही पुस ५ गते (आइतबार) नेकपा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् ।