सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य स्थिर

   २४ पुष २०७७, शुक्रबार ११:४८  

२४ पुस, रौतहट । नेपाली बजारमा आज पनि सुनको मूल्यमा सामान्य गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोलामा ९५ हजार ४सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज प्रतितोलामा ९५ हजार ३ सय रुपैयाँमा तोकिएको हो ।

यस्तै, हिजो तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन मूल्य आज प्रतितोलामा ९४ हजार ८ सय रुपैयाँमा कामय भएको महासंघले जनाएको छ ।

तर, महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य स्थिर नै रहेको छ ।

बिहीबार तोलामा १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको मूल्यमा नै आज पनि चाँदीका कारोबार भइरहेको महासंघले जनाएको छ ।