सुनचाँदीको मूल्यमा गिरावट
द नेपाल मिडिया
२३ पुष २०७७, बिहीबार १३:५३
२३ पुस, रौतहट । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोलामा १ हजार ३ सय रुपैयाँले सस्तिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोलामा ९५ हजार ४ सय रुपैयाँ तोकिएको हो ।
यस्तै, आज तेजाबी सुनको कारोबार प्रतितोलामा ९४ हजार ९ सय रुपैयाँमा भइरहेको महासंघले जनाएको छ ।
त्यसैगरी, बुधबार तोलामा १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १ हजार ३ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाए ।






