प्रचण्ड–नेपाल पक्षले कैलालीमा मन्त्री चौधरीलाई देखाइयो कालो झण्डा

   २३ पुष २०७७, बिहीबार १३:२२  

२३ पुस, रौतहट । कैलालीको घोडाघोडी नगरपालिकाको १ सुखडमा आज अनेरास्ववीयूका विद्यार्थीहरुले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई कालो झण्डा देखाइएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको घोडाघोडी नगरपालिकाको सुखडमा प्रचण्ड–नेपाल पक्षका निकट विद्यार्थीहरुले बिहीबार मन्त्री चौधरीलाई कालोझण्डा देखाएका हुन् ।

अनेरास्ववियूले दोस्रो चरणको आन्दोलन अन्तर्गत मंगलवारदेखि सरकारका मन्त्रीहरूलाई कालो झण्डा देखाउने कार्यक्रम सार्वजनिक गरेको छ ।

संसद विघटन भएपछि चौधरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्त भएका हुन् ।