तनहुँमा कार्यरत इन्जिनियर घुस लिएको आरोपमा पक्राउ
२३ पुस, रौतहट । तनहुँ जिल्लाको भानु नगरपालिका कार्यक्षेत्र भई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईमा कार्यरत इन्जिनियरले सेवाग्राहीबाट घुस लिएको अरोपमा उनलाई पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले १ लाख ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।
आफ्नो कार्यक्षेत्र भित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा अधिकारीलाई पक्राउ गरेको बताइएको छ ।
सव इन्जिनियर अधिकारीलाई भानु नगरपालिका वडा नं. २, बाट नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको बताइएको छ ।






