प्रचण्ड-नेपाल पक्षका विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला जलाए

   २३ पुष २०७७, बिहीबार १०:४३  

२३ पुस, रौतहट । चितवनमा आज नेकपा प्रचण्ड–माधव नेपाल पक्षका विद्यार्थीहरुले नेकपा पार्टीका अध्यक्ष तथा प्रधानम्नत्री केपी शर्मा ओलीको पुत्दा जलाएका छन् ।

संसद विघटनविरुद्धको बिरोध गर्दै आज बिहान प्रधानमन्त्री ओलीको पुत्ला सप्तगण्डकी क्याम्पस, वीरेन्द्र क्याम्पस लगायतका विद्यार्थीहरुले जलाएका हुन् ।

प्रचण्ड नेपाल पक्षका विद्यार्थीहरुले ओलीले गरेको संसद विघटनको विरोधमा दोस्रो चरणको आन्दोलन गर्दै छन् । सोही आन्दोलनको क्रममा आज देशभर प्रधानमन्त्री ओलीको पुत्ला जलाउने कार्यक्रम तय गरिएको छ ।