काठमाडौँमा संसद विघटनविरुद्ध प्रचण्ड–नेपाल पक्षको लाल्टिन जुलुस प्रदर्शन

   २२ पुष २०७७, बुधबार १३:०२  

२२ पुस, रौतहट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड(नेपाल पक्षले आवद्ध अनेरास्ववियूले संसद विघटनको विरुद्धमा आज माइतीघर मण्डलमा लाल्टिन जुलुस निकालेको छ ।

काठमाडौँको माइतीघर मण्डलमा आज अनेरास्ववियूको केन्द्रीय कमिटीले लाल्टिन जुलुस निकालेको हो ।

अनेरास्ववियूको मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन शुरु गरेको थियो । बैठकले मंगलबारदेखि पुस २९ गतेसम्मका लागि देशव्यापी रुपमा विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

घोषित आन्दोलनका कार्यक्रममा बयलगाढा प्रदर्शन, सडक नाटक प्रदर्शन, मन्त्रीहरुलाई कालो झन्डा देखाउने तथा देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने लगायत छन् ।