सुनचाँदीको मूल्यमा आज पनि वृद्धि

   २२ पुष २०७७, बुधबार १२:१८  

२२ पुस, रौतहट । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोलामा ३०० रुपैयाँले बृद्धि भएको हो ।

मंगलबार तोलामा ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९७ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जानकारी दिए ।

त्यस्तै, आज तेजावी सुन तोलामा ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर आज १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।