सिन्धुपाल्चोक बाढीका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो
द नेपाल मिडिया
२५ असार २०७७, बिहीबार ०९:२४
असार २५, रौतहट । सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले बगाएर घाइते भएका एक जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उनलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले बताएका हुन् ।
बाह्रबिसेमा बाढीले स्थानीय जम्बु बजार बगाउँदा २ जनाको मृत्यु भएको छ, भने २० जना बेपत्ता भएका छन् ।