हिमालयन बैंकको वातावरण संरक्षणमा पाँच लाख रुपैयाँ सहयोग
द नेपाल मिडिया
२२ पुष २०७७, बुधबार १२:०५
२२ पुस, रौतहट । हिमालयन बैंक ले उपत्यकाको वातावरण विकास तथा संरक्षणका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले वातावरण संरक्षणका लागि विभिन्न कार्य गर्दै आएको मदन भण्डारी स्मृति संरक्षण समितिलाई सहयोग गरेको हो ।
बैंकका अनुसार सुविधानगर कोटेश्वरमा रहेको उक्त संस्थालाई विभिन्न रुख विरुवा खरीद गर्न र उक्त बाटीको संरक्षण तथा सरसफाईका लागि सो रकम उपलब्ध गराएको हो ।