सुनचाँदीको मूल्य तोलामा कति बढ्यो

   २० पुष २०७७, सोमबार १२:४५  

२० पुस, रौतहट । नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोलामा ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बढेर आज प्रतितोलामा ९५ हजार ३ सय रुपैयाँ तोकिएको हो ।

यस्तै, हिजो तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको तेजावी सुनको कारोबार आज ९४ हजार ८ सय रुपैयाँमा भाइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी, महासंघका अनुसार आइतबार प्रतितोलामा १ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदीको भाउमा सामान्य वृद्धि भएर आज तोलामा १ हजार घ सय २५ रुपैयाँ कायम भएको छ ।