सुनको मूल्य तोलाको ४ सयले बढ्यो
द नेपाल मिडिया
१७ पुष २०७७, शुक्रबार १२:४२
१७ पुस, रौतहट । नेपाली बजार सुनको मूल्य प्रतितोलामा ४ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएका जानकारी अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुन महँगिएर शुक्रबार प्रतितोला ९४ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यस्तै, शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ ।
यसैबीच, शुक्रबार चाँदीको मूल्य स्थिर नै रहेको छ ।
हिजो १ हजार ३ सय रुपैयाँ कारोबार भएको चाँदीको कारोबार आज पनि सोही मूल्यमा भइरहेको महासंघले जनाएको छ ।