सुनको मूल्य प्रतितोलामा सय रुपैयाँ घट्यो, चाँदीको कति

   १६ पुष २०७७, बिहीबार ११:४७  

१६ पुस, रौतहट । नेपाली बजारमा सुनचँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ सय रुपैयाँ घटेर छापावाल सुनको मूल्य प्रतितोलामा ९४ हजार १ रुपैयाँमा कारोबार भइरहेको हो ।

यस्तै, आज तेजावी सुनको कारोबार ९३ हजार ६ सय रुपैयाँमा भइरहेको महांघले जनाएको छ ।

त्यसैगरी, बिहीबार चाँदी तोलामा ५ रुपैयाँ घटेर प्रतितोलामा चाँदीको मूल्य १ हजार ३ सय रुपैयाँ तोकिएको छ ।