नेपाल बैंकको शेयर मुल्य समायोजन

   १६ पुष २०७७, बिहीबार ११:२९  

१६ पुस, रौतहट । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नेपाल बैंक लिमिटेडको शेयर मुल्य समायोजन गरेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरणका लागि बुक क्लोज गर्ने भएपछि नेप्सले आज उक्त कम्पनीको शेयर मुल्य समायोजन गरेको हो ।

बैंकले आगामी पुस २९ गते बार्षिक साधारण सभा हुदैछ । त्यसको प्रयोजनका लागि बुक क्लोज भएपछि नेप्सले शेयर मुल्य समायोजन गरेको हो ।

मुल्य समायोजन पछि बैंकको नयाँ शेयर मुल्य प्रतिकित्ता ३३१ रुपैयाँ पुगको छ । यसअघि बैंकको शेयर मुल्य ३७१ रुपैयाँ थियो । बैंकले गत आवको नाफाबाट १२ प्रतिशत बोनस शेयर दिदैंछ ।

नेप्सेले सोही आधारमा बैंकको नयाँ शेयर मुल्य निर्धारण गरेको हो ।