सुनचाँदीको मुल्य तोलामा कति घट्यो
द नेपाल मिडिया
१४ पुष २०७७, मंगलवार ११:३८
१४ पुस, रौतहट । नेपाली बजारमा मंगलबार सुनको मुल्य प्रतितोलामा ८ सय रुपैयाँ घटेको छ ।
सोमबार तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको कारोबार आज प्रतितोलामा ९४ हजार १ सय रुपैयाँमा भइहरको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
यस्तै, तेजावी सुनको भाउ आज प्रतितोला ९३ हजार ६ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
यसैबीच, चाँदीको मुल्यमा सामान्य गिरावट आएको छ ।
हिजो प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।