सरकार विरुद्ध विराटनगरमा कांग्रेसको प्रदर्शन
द नेपाल मिडिया
१३ पुष २०७७, सोमबार १३:२५
१३ पुस, रौतहट । नेपाली कांग्रेसले संसद विघटनविरुद्ध विराटनगरमा पनि प्रदर्शन गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपतिले संसद विघटन गरेपछि ६ गते नै पदाधिकारी बैठकबाट सो कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादउन्मुख भनेको कांग्रेसले आज देशभर विरोध प्रदर्शन गरिरहेको छ ।
आज कांग्रेस नेता डा. शेखर कोइरालाको नेतृत्वमा विराटनगरमा कांग्रेसले प्रदर्शन भइरहेको छ ।







