सुनचाँदीको मुल्यमा सामान्य वृद्धि
द नेपाल मिडिया
१३ पुष २०७७, सोमबार ११:५२
१३ पुस, रौतहट । नेपाली बजारमा आइतबार स्थिर रहेको सुनको मुल्यमा आज वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोलामा ७ सय रुपैयाँले बढेर छापावाल सुनको कारोबार आज तोलामा ९४ हजार ९ सय रुपैयाँमा भइहरेको हो ।
यस्तै, आज तेजावी सुनको भाउ प्रतितोलामा ९४ हजार ४ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
त्यस्तै, आइतबार प्रतितोलामा १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ ।
महासंघका अनुसार आज प्रतितोलामा ३५ रुपैया बढेर १ हजार ३ सय १५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।