नेपाल राष्ट्र बैंकले सोमबार ट्रेजरी बिल बिक्री गरिँदै
१३ पुस, रौतहट । नेपाल राष्ट्र बैंकले आज रु दुई अर्ब १० करोड बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ ।
बोलकबोल प्रक्रियाका माध्यमबाट सो परिमाणको टे«जरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको हो।
बैंकका अनुसार रु १० करोड बराबरको टे«जरी बिल भने ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी चैत १७ गते परिपक्व हुनेछ ।
यस्तै रु दुई अर्ब बराबरको टे«जरी बिल भने कूल ३६४ दिन अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल भने २०७८ पुस १३ गते परिपक्व हुनेछ ।
बैंकले यसअघि पुस ६ गते पनि टे«जरी बिल बिक्री गरेको थियो ।






